विश्वमा फेरि कोरोना महामारीले उग्र रुप लिन थालेको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा करिब ५ लाख नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै यो अवधिमा कोरोना ले करिब ५ हजार भन्दा धेरैको ज्यान गएको छन् ।
संक्रमणको उच्च जोखिममा रहेको भारतमा अहिले भने संक्रमित दर केही न्यून देखिएको छ । दैनिक लाख सम्ममा आंकडा पार गरेको भारतमा अहिले ३७ हजार हाराहारीमा संक्रमित थपिएका छन् ।
विश्वमा सबैभन्दा धेरै संक्रमित अमेरिकामा रहेका छन् । यहां अहिले दैनिक ७० हजार भन्दा धेरै नयाँ केस थपिन थालेको छन् । धेरै संक्रमित रहेको देशमा दोस्रो स्थानमा भारत रहेको छ । अमेरिकामा ९५ लाख संक्रमित पुग्दा भारतमा ८३ लाख पुगेका छन् ।