गोठालो जादा अरिंगालले टोकेर महिलाको ज्यान गयो

डोटीमा अरिंगालले टोकेर एक महिलाको ज्यान गएको छ । गोठालो जाँदा रुखमा गोलो लगाई बसेका अरिंगालले टोकेको हो ।

डोटीको आदर्श गाउँपालिका–१ बाँझककानीको बाहुनटाक टोलका अन्दाजी ७५ वर्षीया कटी लुहार रहेकी छन् ।

टोकाइ बाट घाइते भएकी उनलाई उपचारको लागि स्थानीय अस्पतालमा लगिएको थियो तर त्यही उनको ज्यान गएको हो ।

डोटीमा तीन दिनमा अरिंगालले टोक्दा तीन जनाको ज्यान गएको छ ।

प्रतिक्रिया