आज कोजाग्रत पूर्णिमा ! मान्यजन बाट टीका र जमरा लगाई दशै बिदा गरिँदै

आज विजय दशमीको अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमा । दशैंमा टिका लगाउन नपाएका र अन्य सबैले आज पनि मान्यजन बाट टीका जमरा लगाउने चलन छ ।

आजको दिन संगै विजय दशमी विधिवत् सकिने छ । घटस्थापना गरियो स्थानमा राखिएका जमरा विसर्जन समेत गरिने छ ।

जानकारका अनुसार आज टिका लगाउनु पनि अत्यन्तै शुभ र उत्तम हुने गर्दछ । विजय दशमी १५ दिन सम्म मनाइने गरेको छ ।

नव रात्रीमा नव दुर्गाको पूजा तथा विजय दशमीको दिन टिका जमरा ग्रहण त्यस पछि पनि पाँच दिन टीका लगाउने परम्परा छ ।

प्रतिक्रिया