जाल्पा सामुदायिक लघुवित्तको शेयर नेप्सेमा सूचिकृत,पहिलो कारोबार आइतबार 

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा जाल्पा सामुदायिक लघुवित्तको शेयर सुचिकृत भएको छ  । यस विषयमा आर्थिक सन्देशले सूचिकृत हुन किन ढिलो भयो भन्ने विषयमा समाचार प्रकाशीत गरेको थियो । सो अवसरमा यहि हप्तामा दर्ता सक्ने गरि काम भएको कम्पनीले जानकारी दिएको थियो ।  

शेयर सुचिकृत भएसंगै आगामी आइतबारदेखि उक्त शेयर कारोबार गर्न सकिने भएको छ  । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १६४।४० रुपैयाँदेखि ४९३।८० रुपैयाँसम्मको रेन्ज तोकेको छ  । यस रेन्ज बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ  । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ  । 

कम्पनीको शेयर रजिष्ट्रार प्रभु क्यापिटलरहेको छ ।  शेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।

 जाल्पा लघुवित्त वित्तिय संस्थाले माघ २१ गतेदेखि माघ २५ गतेसम्म  प्रति कित्ता १०० सय रुपैयाँ अंकित दरका ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशन गरेको थियो  । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय