कोही कोही मानिस यति भाग्यमानी हुन्छ की सुन्दा पनि सबै अचम्म पर्छ । यस्तै एउटा अचम्मको खबर आएको छ ।
एक पिताले आफ्नो छोराको चौरासी गराई दिएका छन् । सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको चौरासी पूजा गरिदिएका छन् ।
यस्तो घटना विरलै हुने भन्दै स्थानीहरु समेत हेर्न पुगेका थिए । बाबु छोरा दुवै रिस्ट पुष्ट देखिएका थिए ।
केशवराजका चार छोरामा ८४ वर्षीय दधिरामसहित ८० वर्षीय ऋषिराम, ७७ वर्षीय हरिप्रसाद र ६३ वर्षीय डा बाबुराम छन् । कमै मात्र भाग्यमानी बाबुले यसरी छोराको चौरासी पूजा गर्न पाउँछन् ।