बिहीबार पनि कोरोना संक्रमित भन्दा निको हुने धेरै

आज पनि कोरोना संक्रमित भन्दा निको हुने धेरै रहेका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ३८ जना कोरोना बाट मुक्त भएका छन् ।

२४ घण्टामा २ हजार ७३ सय ६४ जना नयाँ संक्रमित थपिएका छन् । यो अवधिमा ९ हजार ७ सय ६९ जनाको कोरोना परीक्षण गरिएको छ ।

पछिल्लो समय संक्रमित भन्दा निको हुने धेरै रहेका छन् । दशैंको बेला परीक्षण घटे पनि अहिले भने केही बढेको छ ।

सरकारले अब सातामा दुई दिन मात्र पत्रकार सम्मेलन गरि कोरोना अपडेट दिने घोषणा यस अघिनै गरिसकेको छ ।

प्रतिक्रिया