परिवारको खुसीको लागि कडा मेहनत गरि कोरिया पुगेका उदयपुरका ज्ञानेन्द्र राईको सोमबार निधन भएको छ ।
कोरियाको एउटा कटिङ्ग कम्पनीमा काम गर्ने उनको कामकै सिलसिलामा दुर्घटनामा ज्यान गएको हो ।
उनी इपिएस पास गरी करिब दुई वर्ष पहिला कोरिया पुगेका थिए । अहिले उनको शव नेपाल ल्याउने प्रक्रियामा रहेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
उनको निधन संगै परिवारको बिचल्ली भएको छ । घरको छानो टिनले छाउने राई परिवारको सपना चकनाचुर भएको छ ।
दैनिक रूपमा यसरी करिब 4 जना नेपालीको विदेशमा ज्यान जाने सरकारी तथ्याङ्क छ ।