आज पनि कोरोना संक्रमित भन्दा निको हुने धेरै रहेका छन् । पछिल्लो २४ घण्टामा २ हजार ९८२ जना कोरोना बाट मुक्त भएका छन् ।
२४ घण्टामा १ हजार ९ सय ५४ जना नयाँ संक्रमित थपिएका छन् । यो अवधिमा ८ हजार २४८ जनाको कोरोना परीक्षण गरिएको थियो ।
दशैंको अवसरमा परीक्षण दर घटेको कारणले संक्रमित समेत घटेको धेरैको अनुमान छ । अहिले नेपालीहरू विजयादशमी पर्व मनाइरहेका छन् ।