दशैंको भोलिपल्टै दुःखद खबर ! जीप दुर्घटना हुँदा ३ को ज्यान गयो

नेपालीहरुको महान पर्व विजयादशमी सकिएकै भोलिपल्ट दुर्घटनाको दुःखद खबर आएको छ ।

खोटाङको बराहपोखरी गाउँपालिकामा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । जीप जन्ते ढुंगा गाउँपालिका चिसापानी तर्फ जाँदै थियो ।

को १ ज ३४७० नम्बरको जीप दुर्घटना हुँदा घटनास्थलमै ३ जनाको ज्यान गएको हो भने ४ जना घाइते भएका छन् । मृतकको उमेर र परिचय खुल्न बाँकी छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया