बाँदरलाई हानेको गोली सोझै मान्छेको निधारमा

यसो त सबैले जनावरलाई माया गर्नु पर्छ । जनावरको पनि धर्तीमा बाँच्न पाउने अभिकार छ ।

जनावर मार्ने उद्देश्य हानेको गोली मान्छेलाई लागेर एक जनाको ज्यान गएको छ । सोमबार प्यूठानमा बाँदरलाई हानेको गोली लागेर एक वृद्धको ज्यान गएको छ ।

नौवहिनी गाउँपालिका ५, डामकोट बस्ने ७१ वर्षीय वृद्ध दलबहादुर सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सोही ठाउँका ३४ वर्षीय हेमलाल सुनारले चलाएको बन्दुकले ज्यान गएको हो ।

प्रतिक्रिया