आज पनि कोरोना संक्रमित भन्दा निको हुने धेरै रहेका छन् । पछिल्लो २४ घण्टामा ४५०० जना कोरोना बाट मुक्त भएका छन् ।
२४ घण्टामा १ हजार ७ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् । यो अवधिमा १५ जान कोरोनाले ज्यान गुमाएका छन् । केही साता देखिको आज संक्रमितको संख्या केही न्यून हो ।
दशैंको अवसरमा परीक्षण दर घटेको कारणले संक्रमित समेत घटेको धेरैको अनुमान छ । अहिले नेपालीहरू विजयादशमी पर्व मनाइरहेका छन् ।