आज दशैको नवौं दिन, शक्तिपीठहरुमा पूजापाठ गरिँदै

नेपालीहरुको महान पर्व विजया दशमीको आज नौं दिन । आज सिद्धिदात्री देवीको पूजा गरिन्छ ।

साथै भोलि विजय दशमी समेत रहेको छ । अ सत्य माथि सत्यको विजय भएको दिन स्वरूप विजय दशमीको दिका र जमरा लिने गरिन्छ ।

नेपालीहरुको महान पर्व विजया दशमी नजिकिँदै गर्दा शक्तिपीठ हरुमा रौनक नभए पनि सबैले आफ्नो घर घरमै नवदुर्गाको आराधाना र पूजापाठ गरी मनाइरहेका छन ।

नवदुर्गामा क्रमशः शैलपुत्री, व्रह्मचारणी, चन्द्रघण्टा, कुशमन्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री पर्दछन ।

नवदुर्गा भवानीका यी नव रूपको आश्विन शुक्लपक्ष प्रतिप्रदाकाका दिनदेखी महानवमीका दिनसम्म क्रमशः एक एक दिन गरी नौ दिनसम्म पुजा गर्ने गरिन्छ ।

प्रतिक्रिया