बालेन शाहको मत ३१ हजारमाथि,बिहानको ताजा मतपरिणाम यस्तो छ ।

काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले सबैको ध्यान तानिरहेका छन् । 

विहान सम्ममा ८२ हजार भन्दा धेरै मत गनिसक्दा बालेनले ३१०१५ मत पाएका छन् ।

एमाले उम्मेदवार केशव स्थापितले १६ हजार ५२७ मत पाएका छन् भने कांग्रेस मेयर उम्मेदवार सिर्जना सिंहले १६ हजार २२४ मत ल्याएकी छन् ।

अहिले काठमाडौंका ६, ७, ८, २७, २८, २९, ३१, ३२ नम्बर वडाको मतगणना भइरहेको छ। १, २, ३, ४, ५ र ३० को मतगणना सकिइसकेको छ। 

गणना भइरहेका वडाहरूमध्ये २७ र २८ मा स्थापितले सरूआती अग्रता लिएका छन्। यी दुवै वडामा सिर्जना दोस्रो स्थानमा छिन् भने बालेन तेस्रोमा। 

बालेन शाह स्थापित भन्दा १४ हजार ४४८ धेरै मतले अघि रहेका छन् । 

प्रतिक्रिया