पापी छोरा ! घरको छत बाट फालेर आफ्नै बाबुको हत्या

दाङमा आफ्नै बाबुलाई हत्या गरेको अभियोगमा छोरालाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै बुबालाई घरको छतबाट खसालेर मार्ने छोरालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बङ्गलाचुली गाउँपालिका वडा नं. २ निवासी २२ बर्षीय छोरा बीरबहादुर बिक शनिबार बिहान बाबुको हत्या गरेका हुन ।

दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काका अनुसार राती बाबु छोराको बीचमा विवाद हुँदा घटना निम्तिएको प्रारम्भिक अनुसन्धानले देखाएको बताउनु भयो ।

प्रतिक्रिया