पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनकी जीवनसाथी हिसिला यमीलाई समेत कोरोना संक्रमण देखिएको छ ।
आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा डाक्टर भट्टराईले आफुहरुलाई कोरोना संक्रमण पाइएको जानकारी दिनुभएको छ । उहाँहरुको अहिले होम आइसोलेशन् मा हुनुहुन्छ ।
हिसिला र म दुबैलाई कोभिड-१९ को संक्रमण पुष्टी भएको छ।कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटीभ आएको हो।चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं! केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ!#StaySafe pic.twitter.com/XbaDvIpvHE
— Baburam Bhattarai (@brb1954) October 24, 2020