काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखिने भएको छ। काठमाडौँ जिल्ला अदालतको आदेशपछि उनलाई प्रहरीले हिरासतमा लिएको हो।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएपछि उनलाई अदालत परिसरबाटै नियन्त्रणमा लिइएको छ। अदालतबाट बाहिरिँदा लामिछानेले उपस्थित सबैलाई सलाम गरेका थिए।
प्रहरी हिरासतमा राखिएको लामिछानेमाथि स्वर्णलक्ष्मी सहकारी प्रकरणलगायतका विषयमा अनुसन्धान अगाडि बढाइने बताइएको छ।