प्रधानमन्त्री केपी शर्मा ओलीले आज जनताको नाममा शुभकामना संदेश दिनु भएको छ ।
उहाँले दिएको शुभकामना सन्देशको चर्चा हुनुको साटो चौतर्फी आलोचना सुरु भएको छ । कारण हो नेपालको नयाँ नक्सा निशान छापमा नहुनु ।
धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले यो गल्ती मात्र नभई रअ प्रमुख सँग भेटे पछिको नतिजा भएको जिकिर गरेका छन् । प्रधानमन्त्री सचिवालयले भने यस विषयमा अझै केही प्रतिक्रिया दिएको छैन ।
सो शुभकामना सँदेशममा रहेको निशान छापमा नेपालको पुरानै नक्सा राखिएको छ ।