आज दसैंको सातौं दिन अर्थात फुलपाती । जमरा राखेको ठाउँमा सबैले फूलपाती भित्र्याउने चलन रहेको छ ।
विभिन्न प्रकारका जडीबुटी र फलफूल सहितका कुराहरुलाई घटस्थापना गरिएको स्थानमा चढाइने गरिन्छ ।
यो वर्ष कोरोना महामारीले गर्दा विगतमा जस्तो दशैमा रौनक नभए पनि सबैले आफ्न आफ्नो ठाउँमा खुसीको साथ यो पर्व मनाउँदै छन् ।
हनुमानढोका दरबारस्थित दशैँघरमा शुक्रबार करिब सवा तीन बजे गोरखाबाट धादिङको धुनीबेँसी हुँदै जमलमा आशागुर्जा र कल्स्यौँडी सहितको फूलपाती ल्याइनेछ । त्यसलाई हनुमानढोका दरबारबाट स्वागतका लागि आएको सरकारी टोलीले दशैँघरमा फूलपाती भिœयाउने तय भएको नेपाली सेनाको शार्दुलजङ््ग गुल्मपति विकास शाक्यले जानकारी दिनुभयो ।
आजै बाट सरकारले सार्बजनिक बिदा समेत दिएको छ ।