प्रधानमन्त्री कार्की : ‘जेन–जी पुस्ताको मृत्यु सरकारको असफलताका कारण’

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनका क्रममा भएको जनहानि सरकारका जिम्मेवार पदाधिकारीको बुद्धि नपुग्ने कारण भएको टिप्पणी गरेकी छन्। विजयादशमीको दिन शहीद परिवारसँग भेटघाट गर्दै उनले नहुनुपर्ने घटना भएको भन्दै निधन भएका परिवारलाई कसरी सहयोग गर्ने भन्नेबारे सोचिरहेको बताइन्। उनले मृतकलाई फर्काएर ल्याउन नसके पनि राज्यले सहारा दिने प्रतिबद्धता व्यक्त गरिन्।

 

प्रधानमन्त्रीसँगै पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शहीदहरूको रगतमाथि अन्याय हुन नदिने भन्दै न्याय सुनिश्चित हुने आश्वासन दिए।

 

गत भदौ २३ र २४ गते भएको जेन–जी पुस्ताको आन्दोलनमा ७६ जनाले ज्यान गुमाएका थिए भने सयौँ घाइते भएका थिए। यस घटनाप्रति शोक प्रकट गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह, राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री कार्कीले यस वर्ष सर्वसाधारणलाई दशैँको टीका लगाएका छैनन्। कार्कीले आफूले पनि शोकका कारण टीका ग्रहण नगरेको बताइन्।

प्रतिक्रिया