राष्ट्रवादको चर्को भाषण लगाउने ओली सरकार “रअ” सामु लम्पसार

लिपुलेक आफ्नो नक्सामा समावेश गरेर चर्चामा आएको ओली सरकारले भारतीय गुप्तचर प्रमुखलाई भेटे पछि राजनीतिक वृत फेरि तातेको छ ।

भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलको टोलीले नेपालका प्रमुख नेताहरुलाई भेटेका छन् । यो संगै चर्चा सुरु भएको छ । उनीसँगै ९ जनाको टोली बुधबार काठमाण्डौ आएका थिए ।

भारतीय एयर फोर्सको विमानमा उनीहरू आएका थिए । उनीहरूको नेपाल आगमलाई कुटनीतिक विज्ञहरुले भने नेपालको लागी लज्जाको विषय भएको बताएका छन् ।

देशका प्रमुख समस्याहरू प्रधानमन्त्री स्तरमा बसेर वार्ता गर्नुको साटो नचाहिदा भेटघाटले नेपालको इज्जत घटेको बताएका छन् ।

प्रतिक्रिया