प्रि–ओपन सेसनमा बढ्यो नेप्से

काठमाडौं-साताको पहिलो कारोबार दिन आइतवार प्रि–ओपन सेसनमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३ दशमलव ८३ अंकले बढेको छ । प्रि–ओपन सेसनमा नेप्से परिसूचक २ हजार ७८५ दशमलव ९५ विन्दुमा पुगेको हो ।

उक्त अवधिमा कारोबारमा आएका ४० ओटा कम्पनीको १८ हजार ९२ कित्ता शेयरको रू. ९५ लाख ५१ हजार ६८३ बराबरको शेयर खरीदविक्री भएको छ । प्रि– ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री आँखुखोला जलविद्युत् कम्पनीको भएको छ । सो अवधिमा उक्त कम्पनीको रू. २१ लाख २० हजार बराबरको शेयर कारोबार भएको हो ।

प्रि – ओपन सेसनमा कारोबारमा आएका ती कम्पनीहरु मध्ये २७ ओटा कम्पनीको शेयरमूल्य बढेको छ भने छ ओटा कम्पनीको शेयरमूल्य घटेको छ । त्यसैगरी पाँच ओटा कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ ।

प्रतिक्रिया