काठमाडौं - सरकारले ५० वर्षमाथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ५० वर्ष भन्दा माथि उमेर समूहका नागरिकहरुको मिर्गौला, कलेजो, मुट लगायत अन्य रोगसम्वन्धी परीक्षणहरु सरकारले नियमित रुपमा वर्षको एकपटक निशुल्क रुपमा गर्ने निर्णय गरेको हो । यसको लागि मन्त्रालयले प्रस्ताव अघि सारेको थियो ।
यसैगरी मृत्यु पश्चात आफ्नो शरीरको अंगदान घोषणा गरेका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको प्रश्तावमा सरकारका सबै मन्त्रीहरुले पनि सोही निर्णय कार्यान्वयन गर्ने भएका छन् । स्वास्थ्य सेवा दिवश २०७८ को अवसर पारेर मन्त्री खतिवडाले यस्तो घोषणा गरेका थिए । मन्त्रीलाई साथ दिँदै मुख्य सचिव शंकरदाश बैरागीले पनि अंगदान गर्ने घोषणा गरेका थिए ।
यस्तै मन्त्रीपरिषद बैठकले जेष्ठ नागरिक अस्पताल निर्माण गर्न स्वास्थ्य मन्त्रालयले राखेको प्रस्तावलाई समेत स्विकृत गरेको छ । सो अस्पताल निर्माणका लागि मन्त्रालयले एक कार्यदल मार्फत काम अघि बढाइसकेको छ ।
यसैगरी मन्त्रिपरिषद् बैठकले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेसिंह थानीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।