काठमाण्डौ । साताको अन्तिम दिन प्रिओपन सेसनमा नेप्से परिसूचक ५ अंकले घटेर समग्र बजार २७१५ विन्दुमा पुगेको छ ।
४१ कम्पनीहरुको शेयर खरिद बिक्री भएकोमा २२ कम्पनीको शेयर मुल्य बढेको छ भने ८ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै ११ कम्पनी भने यथावत रहेको छ ।
३५ लाख भन्दा धेरेको शेयर किनबेच हुँदा उपर तामाकोशीको शेयर कारोबार सबै भन्दा धेरै भएको छ । निरन्तर उकालो लागेको नेपाल दुरसञ्चार कम्पनीको शेयर मूल्य भने आज पनि २ प्रतिशतले घटेको छ ।