साउन महिनामा वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाए

काठमाडौं। वाणिज्य बैंकहरूले आगामी साउन महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन्। २० बैंकहरूमध्ये दुईले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएका छन् भने १३ ले घटाएका छन्। बाँकी ५ बैंकको ब्याजदर स्थिर रहेको छ। असारमा ६.९१ प्रतिशत रहेको औसत ब्याजदर साउनमा घटेर ६.७३ प्रतिशतमा झरेको छ।

असारको तुलनामा कृषि विकास बैंक र एभरेष्ट बैंकले ब्याजदर बढाएका छन् भने नेपाल एसबीआई, लक्ष्मी सनराइज, नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा, र स्टान्डर्ड चार्टर्डले स्थिर राखेका छन्। एनएमबी र एनआईसी एसिया बैंकले ७.५३ प्रतिशतको सर्वाधिक ब्याजदर कायम गरेका छन्।

राष्ट्र बैंकले ब्याजदरको अन्तर ५ प्रतिशतभन्दा बढी नहुने र कल निक्षेपमा बचतको न्यूनतम ब्याजदरको ५० प्रतिशत मात्रै ब्याज दिन पाइने व्यवस्था गरेको छ। बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएपछि मात्रै बचत र कल निक्षेपको ब्याजदर घटाउन सक्छन्।

बैंक असारको ब्याजदर (%) साउनको ब्याजदर (%)
कृषि विकास ५.६६ ६.२९
एभरेष्ट ५.७५ ६.३
राष्ट्रिय वाणिज्य ६.२२ ६.२१
एसबीआई ६.३ ६.३
लक्ष्मी सनराइज ६.५ ६.५
ग्लोबल आईएमई ६.५ ६.२५
कुमारी ६.७६ ६.७१
प्राइम कमर्सियल ६.७५ ६.५
नेपाल ६.७५ ६.२५
सानिमा ६.८ ६.४
सिटिजन्स ६.९ ६.७५
नबिल
इन्भेस्टमेन्ट मेगा
सिद्धार्थ ६.७५
स्टान्डर्ड चार्टर्ड
माछापुच्छ«े ७.५
प्रभु ७.६९
एनएमबी ७.६९ ७.५३
एनआईसी एसिया ८.२५ ७.५३
हिमालयन ८.२५ ७.५

प्रतिक्रिया