कोरोना संक्रमण उच्च हुन थाले पछि उपत्यका तीन जिल्लामा आज आईतबार देखि अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द हुने भएको छ ।
तिनै जिल्ला प्रशासन कार्यालय हरुले छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै सरकारी कार्यालयहरुमा अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द हुने जनाएका हुन ।
नेपाली हरूको महान पर्व विजया दशमी सुरु भएसँगै सेवाग्राहीको चाप घट्ने भएका कारण समेत सेवा बन्द गर्नु सामान्य रहेको कतिपयको विचार छ ।
पछिल्लो समय देशै भरिका संक्रमितको 50 प्रतिशत भन्दा धेरै संक्रमित उपत्यकाका हुने गरेका छन् ।