कोरोना भाइरसको महामारी तिब्र रुपमा फैलिदै गए पछि जिल्ला प्रशासन कार्यालयले ललितपुरले कात्तिक २ गते देखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएको हो । पछिल्लो समय उपत्यकाका तीन जिल्लाहरूमा कोरोना संक्रमित अत्याधिक रहेका छन् । जन्म संक्रमित मध्य आधा भन्दा धेरै उपत्यकाका धेरै संक्रमित हुन थाले पछि घटस्थापना देखि पूर्णिमा सम्म सम्पूर्ण सेवा बन्द गर्ने विषयमा छलफल चलेको थियो ।
ललितपरले यस्तो निर्णय गरे पनि काठमाण्डौ र भक्तपुरले भने अहिले सम्म कुनै निर्णय गरेका छैन ।