प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबीका कारण कोहि भोकले मर्न नपर्ने बताउनु भएको छ ।
यो भन्दा पहिला पनि यो भनाइलाई व्यक्त गर्दै आउनुभएका ओलीले 40 औं विश्व खाद्य दिवसको अवसरमा पुनः सो कुरा बताउनु भएको हो । साथै ओलीले सरकार यो कुरा दृढ रहेको र त्यस तर्फ लागिपरेको समेत बताउनुभयो ।
“नागरिकको आधारभूत खाद्य सुरक्षाको प्रत्याभूत गर्नु लोक कल्याणकारी राज्यको दायित्व हो । त्यसका लागि हामीले खाद्य सम्बन्धी हकलाई मौलिक हकको रुपमा संवैधानिक व्यवस्था गरेका छौँ,” उहाँले भन्नु भयो ।
प्रधानमन्त्री ओलीले राज्यले लोक कल्याणकारी दायित्व निर्वाह गर्ने ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ अभियानलाई अघि बढाउँदा त्यसलाई सफल बनाउनु आम नागरिकको दायित्व भएको बताए ।
ओलीले पटक पटक यस्तो अभिब्यक्ति दिएपनि कोरोना महामारी ले धेरै नागरिकले भोकै रात बिताउनु परेको वास्तविकता सबैमाझ रहेको छ ।