काठमाण्डौ । करिव २ हप्ताको अन्तराल पछि प्रि-ओपन सेसनमा नेप्से सामान्य अङ्कले घटेको छ । साताको दोस्रो दिन करिव २ अङ्कले घटेर समग्र बजार २८३४ विन्दुमा पुगेको छ ।
आइतबार पनि ४० अङ्क हाराहारीमा बजार घटेको थियो । यो सेसनमा आज २१ कम्पनीहरूको शेयर खरिद बिक्री भएकोमा १० कम्पनीको शेयर मूल्य बढेको छ भने ८ कम्पनीको भने शेयर मूल्य घटेको छ । साथै बाँकी कम्पनीहरूको शेयर मूल्य भने यथावत रहेको छ ।
साहस उर्जाको सबै भन्दा धेरै शेयर खरिद बिक्री हुँदा १८ लाख भन्दा धेरैको शेयर किनबेच भएको छ । सरकारले निर्वाचनको मिति घोषणाको तयारीमा रहेको बेला बजारमा रौनक आउने धेरैको बुझाइ छ ।