ऋण लगानीमा थप कडाइ

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिकोअर्ध बार्षिक समीक्षा गर्दै रियलस्टेट ऋणमा कडाइ गर्ने भएको छ।राष्ट्र बैंकले जोखिम भार बढाएर कर्जा नियन्त्रण गर्न खोजेको हो।राष्ट्र बैंकले आफूले अनुत्पादक भनेको रियलस्टेट र सेयर धितो ऋणमा थप कडाइ गर्ने भएको छ। अहिले जोखिम भार शतप्रतिशत छ। यसलाई बढाउने संकेत राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले गरे।

बैक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रस्ट रिसिट लगायतका आयात कर्जाका साथै ब्यक्तिगत अधिविकर्ष कर्जामा कडाइ गरिने छ। ब्यक्तिगत अधिविकर्ष कर्जाको सीमा ५० लाख छ। यसलाई पनि निरुत्साहित गर्न खोजेको छ।

राष्ट्र बैंकले जग्गा प्लटिङ सम्बन्धि रियल इस्टट कर्जा, ब्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाको जोखिम भारमा पुनरावलोकन गर्ने भएको छ।

राष्ट्र बैंकले बैक दर बढाएको छ। पाँच प्रतिशतको बैंक दरलाई सात प्रतिशत पुर्‍याएको छ। ब्याज करिडोरको स्थायि तरलता सुविधा दर ७ प्रतिशत पुगेको छ। नीतिगत रिपो साढे पाँच प्रतिशत र निक्षेप संकलन दर चार प्रतिशत कायम गरेको छ। सीआरआरलाई तीन प्रतिशत यथावत राखेको छ। वैधानिक तरलता अनुपातलाई पनि यथावत राखिएको छ।

प्रतिक्रिया