सरकारले सार्वजनिक यातायातमा पूर्णक्षमतामा यात्रु राख्न दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्ले सो व्यवस्था गर्न लागेको उच्च स्रोतले जानकारी दिएको छ
यसअगाडि सरकारले पूर्ण क्षमताको आधा मात्र यात्रु राख्न पाउने व्यवस्था गरेको थियो । नेपालीहरुका महान चाड पर्वलाई लक्षित गर्दै सरकारले पूर्ण क्षमतामा यात्रु राख्न पाउने व्यवस्था गरेको हो । यात्रुको चाप हुने भए पछि सरकारले यो व्यवस्था गरेको हो ।
पूर्णक्षमतामा यात्रु राख्न पाउने भएपछि व्यवसायीले अब भने पुरानै दरको भाडा लिनुपर्ने पर्ने छ । करोना महामारी बढ्दै गए पछि सरकारले आफू बसेकै ठाउँमा चाडपर्व मनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।