४०४७ कोरोना संक्रमित थपिए, ३३ हजार ८८० सक्रिय संक्रमित

देशभर नोभेल कोरोना भाइरसका थप चार हजार ४७ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर चार हजार ४७ संक्रमित थपिएका हुन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० रहेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ४७३ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ७७ हजार २७७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलव १ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १४ हजार ५३० जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ११ लाख ९१ हजार ५१४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १३ हजार ९२३ जना र होम आइसोलेसनमा १९ हजार ९५७ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ८३१ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ६७ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २७९ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

यससँगै कुल संक्रमितको संख्या एक लाख ११ हजार ८०२ पुगेको छ ।

शनिबार दैनिक सर्वाधिक संक्रमित थपिएका थिए । शनिबार एकैदिन पाँच हजार ८ कोरोना संक्रमित थपिएका थिए भने १४ जनाको मृत्यु भएको थियो ।

आइतबार देशभर दुई हजार ७१ कोरोना संक्रमित थपिएका थिए भने एक हजार ५५२ जना डिस्चार्ज भएका थिए । त्यसैगरी आइतबार देशभर २२ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया