काठमाडौं - अघिल्लो हप्ता ठूलो अंकले घटेको शेयर बजार यो हप्ताको पहिलो दिन प्रि ओपन सेसनमा आक्रमक बढेको छ । आज नेप्से २५ अंक भन्दा धेरैले बढेर समग्र बजार २८०५ बिन्दुमा पुगेको छ ।
नेप्से मात्र हैन कारोबार रकम पनि आक्रमक भएको छ । १ करोड ५७ लाख भन्दा धेरैको कारोबार हुँदा ३ दर्जन भन्दा धेरै कम्पनी शेयर मूल्य २ प्रतिशतले बढेको छ । साथै कुनै पनि कम्पनी शेयर मूल्य घटेको छैन ।
यो सेसनमा ७४ कम्पनीको कारोबार भएकोमा ७२ कम्पनीको मूल्य बढेको छ । यो कारोबार रकम र नेप्सेको वृद्धि केही समय यताकै उच्च हो । निर्वाचन समयमै हुने भएपछि बजार बढ्ने धेरैको अपेक्षा रहेको छ ।