कोरोना संक्रमणपछि स्वास्थ्यमा सुधार नआएपछि नेकपा सचेतक चौधरी आईसीयुमा

कोरोना भाइरस संक्रमण भएर स्वास्थ्यमा सुधार नदेखिएपछि नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारिएको छ । सरकारी अस्पताल वीरमा उपचाररत चौधरीकाे स्वास्थ्यमा चौथो दिनमा पनि केही सुधार नआएपछि शुक्रबार रातिदेखि आइसीयूमा सारिएको हाे ।

चौधरीकाे निजी सचिवालयले दिएकाे जानकारी अनुसार संक्रमण पुष्टि भएपछि चौधरीलाइ वीर अस्पतालमा भर्ना गरिएकाे थियाे । चौधरीमा यही असोज १९ गते कोरोना संक्रमण पुष्टि भएसँगै उनमा कोरोनाको लक्षण समेत देखिएको थियो ।

यसअघि चाैधरीले आफूलाई श्वास फेर्न गाह्रो भएकाे सामाजिक सन्जाल मार्फत जनाएकी थिइन् । उनले शुभचिन्तकहरूकाे मायाले चाँडै निकाे हुने बताउँदै फोन नगरीदिन र एसएमएस मात्र गर्न अनुराेध गरेकी थिइन् ।

प्रतिक्रिया