देशभर नोभेल कोरोना भाइरसका थप एक हजार ५५१ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ५५१ संक्रमित थपिएका हुन् ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ ।
पछिल्लो २४ घण्टामा दुई हजार ३४० जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ६७ हजार ५४२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७३ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ११ हजार ४७ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १० लाख ९९ हजार २७६ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन ९ हजार ११८ जना र होम आइसोलेसनमा १३ हजार ५९१ जना रहेका छन् । आजसम्म देशभर ४ हजार २२१ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर ४० जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २४३ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
यससँगै कुल संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ ।
शनिबार दुई हजार १२० कोरोना भाइरस संक्रमित थपिएका थिए भने दुई हजार ४४ जना डिस्चार्ज भएका थिए । त्यसैगरी शनिबार कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको थियो ।
आइतबार देशभर दुई हजार २५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने एक हजार ३२९ जना डिस्चार्ज भएका छन् । त्यसैगरी आइतबार कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको थियो ।
सोमबार देशभर दुई हजार ४४० कोरोना भाइरस संक्रमित थपिएका छन् भने एक हजार १३३ जना डिस्चार्ज भएका छन् । त्यसैगरी सोमबार कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ ।