प्रदेश ५ को राजधानी देउखुरी कायम

प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी हुने टुंगो लागेको छ। प्रदेशसभाको मंगलबारको बैठकमा भएको भोटिङबाट दुई तिहाइ बहुमतका साथ दाङको देउखुरी प्रदेश नम्बर ५ को स्थायी राजधानी कायम भएको हो ।

भोटिङमा देउखुरीको पक्षमा ६९ र विपक्षमा १३ मत खसेको सभामुख पूर्ण बहादुर घर्तीले बताए । उनका अनुसार प्रदेशसभामा ८७ सदस्य रहेकामा आजको भोटिङमा ८२ सांसद उपस्थित रहे । भोटिङमा देउखुरीको पक्षमा बहुमत आएसँगै उनले स्थायी राजधानीको प्रस्ताव पारित भएको घोषणा गरे ।

प्रदेश राजधानी दाङ कि बुटवल भन्नेमा तीव्र विवाद रहेको थियो भने विवादकै कारण सोमबारको बैठकमा काँग्रेस सांसदहरुले कुर्सी तोडफोड समेत गरेका थिए ।

अब प्रदेशको नाम टुंगो लगाउने विषयमा मतदान प्रकृया शुरु भएको छ । प्रदेशको नाम लुम्बिनी प्रस्ताव गरिएको छ।

प्रतिक्रिया