घट्दो बजारमा सचेत रहन अनुभवी लगानीकर्ताको सुझाव

काठमाण्डौ । पछिल्लो समय नेपाली शेयर बजार एकोहोरो घटिरहेको छ । यस्तो अबस्थामा सबै भन्दा धेरै नयाँ लगानीकर्ताहरु आत्तिएको र बजारबाट निस्किइरहेको अनुमान गर्न सकिन्छ । 

यसै विच नयाँ लगानीकर्ताहरुलाई प्रेरित र सुझाव दिँदै आएका अनुभवी लगानीकर्ता नवराज दाहालले आत्तिएर शेयर बेच्न नहुने सुझाव दिनु भएको छ । 

दाहाल निश्पक्ष रहेर पुँजी बजारसँग सम्बन्धी जानकारीहरु आफ्ना सामाजिक सञ्जालहरुमा राख्ने गर्नु भएको छ । अहिले शेयर बजार २४ सयको विन्दुमा आएको छ । यो अबस्थामा ३२ सयको विन्दुमा बजार प्रवेश गरेका लगानीकर्ताहरुले ठुलो नोक्सानी बेहोरेका छन । 

 

प्रतिक्रिया