दक्षिण एसियामा कोरोना : भारत सबैभन्दा अगाडि, नेपाल चौथो स्थानमा

काठमाडौं । विश्वभरी फैलिएको कोरोना महामारीको पछिल्लो इपिसेन्टर दक्षिण एसीयाली मुलुक बनिरहेको छ । भुटान बाहेक अधिकांश मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दो छ ।

कोरोना भाइरसको प्रकोपबाट दक्षिण एसियामा भारत सबैभन्दा बढी प्रभावित छ । हालसम्म भारतमा कोरोना संक्रमितको संख्या ५९ लाख ९६ हजार ८ सय पुगेको छ भने ९४ हजार ५ सय ५९ जनाको कोरोनाकै कारण मृत्यु भइसकेको छ ।

दक्षिण एसियामा अन्य देशको तुलनामा भुटान कम प्रभावित देखिएको छ । हालसम्म भुटानमा २ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोनाका कारण भुटानमा कसैको निधन भएको छैन ।

बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख ५७ हजार ८ सय ७३ पुगेको छ । ५ हजार १ सय २९ जनाको निधन भएको छ । यस्तै पाकिस्तानमा कोरोना संक्रमितको संख्या ३ लाख १० हजार २ सय ७५ पुगेको छ भने ६ हजार ५ सय ५७ जनाले ज्यान गुमाएका छन् ।

यस्तै नेपालमा हालसम्म कोरोना भाइरसबाट ७३ हजार ३ सय ९४ जना संक्रमित भएका छन् । तीमध्ये अहिलेसम्म ४ सय ७७ जनाको संक्रमणका कारण निधन भएको छ ।

यसैगरी अफगानिस्तानमा कोरोना संक्रमितको संख्या ३९ हजार २ सय २७ पुगको छ भने १ हजार ४ सय ५३ जनाले ज्यान गुमाएका छन् ।

यस्तै माल्दिभ्समा अहिलेसम्म १० हजार ४५ जनामा कोरोना देखिँदा ३४ जनाको मृत्यु भएको छ । श्रीलंकामा ३ हजार ३ सय ४९ जनामा कोरोना संक्रमण देखिएको छ भने १३ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया