ओली-प्रचण्डबीच बालुवाटारमा छलफल जारी

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ।

आज बिहान ९ बजेदेखि अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल जारी रहेको हो। ‘अध्यक्षद्वयबीच छलफल जारी छ,’ प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटाले भने।

के विषयमा छलफल भइरहेको हो भन्ने खुलाइएको छैन। आजै मध्यान्ह १२ बजे मन्त्रिपरिषद बैठक पनि बस्दैछ।

प्रतिक्रिया