देशभर सामान्य बदली, केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल भारतको मध्य प्रदेशको पुर्वी भु–भागमा न्युन चापीय क्षेत्र रहेको छ।

यसकासाथै यो न्युन चापीय क्षेत्र उत्तर–पुर्व सर्दैछ।

हाल देशभरको मौसममा सामान्य बदली रही प्रदेश न १, प्रदेश न २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानहरुमा हल्का वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं १ र प्रदेश नं २ का केही स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशको एक, दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशभरको मौसममा सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं १, प्रदेश नं २ र गण्डकी प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रतिक्रिया