जुम्लामा अनसनरत डा गोविन्द केसीलाई काठमाडौं ल्याइयो

काठमाडौं । जुम्लामा अनसनरत डा गोविन्द केसीलाई मंगबलार काठमाडौं ल्याइएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार जुम्लाबाट नेपालगन्ज र मंगलबार नेपालगन्जबाट काठमाडौं ल्याइएको हो ।

पन्ध्रौ सत्याग्रह जुम्लामा बसेका डा केसी उन्नाईसौ सत्याग्रह पुनः जुम्लामै गरेका थिए । डा केसीले दुई वर्षअघि जुम्ला प्रतिष्ठानमा भएको हिंसात्मक घटना पुनः नदोहोरियोस् भनेर काठमाडौँ जाने निर्णय लिएको बताएका छन् । काठमाडौं आएपछि पनि त्रिवि शिक्षण अस्पतालमा सत्याग्रह जारी राख्ने केसीले बताएका छन् ।

प्रतिक्रिया