हिउँचितुवा’को उपनाम पाएका आङ रिता शेर्पाको निधन भएको छ । सोमबार विहान १० बजे शेर्पाको आफ्नै निवासमा निधर भएको हो ।
७२ वर्षीय शेर्पाको आफ्नै निवास जोरपाटीमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । अक्सिजनबिना नै सगरमाथाको १० पटक सफल आरोहण गरेका शेर्पाले गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेका थिए ।