देशभर नोभेल कोरोना भाइरसका थप एक हजार ३२५ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ३२५ संक्रमित थपिएका हुन् ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको छ ।
पछिल्लो २४ घण्टामा ९६६ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ४६ हजार २३३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ९ हजार ५८४ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख १४ हजार २९० जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन ९ हजार ७१ जना र होम आइसोलेसनमा ८ हजार ४०७ जना रहेका छन् । आजसम्म देशभर ७ हजार ४५१ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १९० जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
यससँगै कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ ।
शनिबार देशभर एक हजार २०४ कोरोना भाइरस संक्रमित थपिएका थिए । यसअघि शक्रबार हालसम्मकै दैनिक सबैभन्दा बढी दुई हजार २० कोरोना भाइरस संक्रमित थपिएका थिए ।