२४ घण्टामा १ हजार २०४ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २०४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा शनिबार प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १० हजार ३३३ पीसीआर परीक्षण गर्दा १ हजार २०४ कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन् ।

सोही अवधीमा १ हजार ४४७ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

कोरोना संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । यसमध्ये ४५ हजार २६७ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया