राष्ट्रियसभा सदस्य बामदेव गौतमद्वारा शपथ ग्रहण

काठमाडाैं । राष्ट्रियसभा सदस्यमा मनोनित भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ ।

बिहीबार सि‌ंहदरबारस्थित कृषि समितिको हलमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले गौतमलाई शपथ ग्रहण गराउनुभएकाे हो ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गाैतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो ।

सरकारको सिफारिस अनुसार गौतमलाई राष्ट्रपति भण्डारीले बिहीबार नै राष्ट्रियसभामा नियुक्ति गर्नुभएको हो ।

प्रतिक्रिया