पछिल्लो २४ घण्टामा एक हजार ५३९ कोरोना संक्रमित थपिए

देशभर नोभेल कोरोना भाइरसका थप एक हजार ५३९ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ५३९ संक्रमित थपिएका हुन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ६८ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ४१ हजार ७०६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७१ दशमलव ०५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ४९४ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ८ लाख ७२ हजार २७४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ८ हजार ५४१ जना र होम आइसोलेसनमा ७ हजार ७०१ जना रहेका छन् । आजसम्म देशभर ७ हजार ८२० जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर २६ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १७३ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

यससँगै कुल संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।

आइतबार देशभर एक हजार ३९ कोरोना भाइरस संक्रमित थपिएका छन् । त्यसैगरी यही अवधिमा देशभरका विभिन्‍न अस्पताल र आइसोलेसन सेन्टरबाट एक हजार १७३ जना डिस्चार्ज भएका छन् । सोही अवधिमा देशभर कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ ।

सोमबार देशभर एक हजार १७० कोरोना भाइरस संक्रमित थपिएका थिए । सोही अवधिमा देशभरबाट ९७९ जना डिस्चार्ज भएका थिए भने १५ जना संक्रमितको मृत्यु भएको थियो ।

मंगलबार कोरोना भाइरसका एक हजार ४५९ संक्रमित फेला परेका थिए भने एक हजार ६२ जना डिस्चार्ज भएका थिए । सोही अवधिमा देशभर कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया