पेट्रोल महँगियो,यस्तो छ नयाँ मूल्य सूची

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शुक्रबार साँझ निगमले जारी गरेको विज्ञप्तिअनुसार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढेको छ भने डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटेको छ । नयाँ मूल्य शनिबार (साउन ३१) राति १२:०१ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

 

नयाँ मूल्य अनुसार पहिलो वर्गका क्षेत्रमा पेट्रोल प्रतिलिटर १८१ रुपैयाँ, दोस्रो वर्गमा १८३ रुपैयाँ र तेस्रो वर्गमा १८५ रुपैयाँमा बिक्री हुनेछ । यस्तै, डिजेल तथा मट्टीतेलको मूल्य पहिलो वर्गमा १७४ रुपैयाँ, दोस्रो वर्गमा १७६ रुपैयाँ र तेस्रो वर्गमा १७८ रुपैयाँ कायम गरिएको छ ।

 

पहिलो वर्गमा विराटनगर, जनकपुर, अमलेखगञ्ज, भैरहवा, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्दछन् भने दोस्रो वर्गमा सुरुङ्गा र याँक; तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय