पहिरोले पाँच घर पुर्‍यो, एक बेपत्ता

अविरल वर्षाका कारण आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका १, कुश्मिशेरास्थित टुनीबोटमा आज बिहान पाँचवटा घर पुरिएको छ भने एकजना बेपत्ता भएका छन् ।

घरमाथि पहिरोले घर पुरिँदा ६१ वर्षीय हरिकृष्ण पौडेल बेपत्ता भएका छन् । परिवारका अन्य पाँच सदस्य सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए ।
पहिरोले पवित्रादेवी शर्मा, इन्द्र शर्मा, रत्‍नबहादुर क्षेत्री र तारादेवी क्षेत्रीको घरमा पूर्ण रूपमा क्षति पुर्‍याइएको प्रहरीले बताएको छ । घटनास्थलमा तत्कालै नेपाली सेना र प्रहरी परिचालन गरी उद्धारको काम भइरहेको बताइएको छ ।

प्रतिक्रिया