२४ घण्टामा १०३९ कोरोना संक्रमित थपिए, ११७३ जना डिस्चार्ज

देशभर नोभेल कोरोना भाइरसका थप एक हजार ३९ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ३९ संक्रमित थपिएका हुन् ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार १७३ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ३८ हजार ६९७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७१ दशमलव ५ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ९ हजार ३६५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ८ लाख ४० हजार ५२७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ७ हजार ७३० जना र होम आइसोलेसनमा ५ हजार ३८७ जना रहेका छन् । आजसम्म देशभर ६ हजार ५३६ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर २३ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १६९ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

यससँगै कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ ।

शनिबार देशभर एक हजार २०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । त्यसैगरी शनिबार १४ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया