सिन्धुपाल्चोकमा भीषण पहिरो, १८ घर पुरिए

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा पहिरो जाँदा कम्तिमा १८ घर पुरिएका छन् । गत राति आएको पहिरोले भीरखर्क, नागपुच्छे र किम्बे गाउँ क्षेत्रमा क्षति पुर्याएको छ ।

खहरे खोलामा बाढीसहित आएको पहिरोले घरहरु बगाएको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ । राति करिब २–३ बजे पहिरो गएको र यसबारे थप विवरण आउन बाँकी रहेको छ । प्रहरीहरु घटनास्थल जाँदैछन् ।

यो वर्ष सिन्धुपाल्चोकमा पटक–पटक गएको बाढी र पहिरो कारण ठूलो धनजनको क्षति भएको छ ।

प्रतिक्रिया