२४ घण्टामा १ हजार २०१ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार २०१ कोरोना संक्रमित थपिएका छन् । १० हजार १७६ पीसीआर परीक्षण गर्दा १ हजार २०१ जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १५ हजार २६० रहेको छ ।

पछिल्लो २४ घण्टामा ८५२ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ३७ हजार ५२४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७० दशमलव ६ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार १७६ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ८ लाख ३१ हजार ३६२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ९ हजार १०७ जना र होम आइसोलेसनमा ६ हजार १५३ जना रहेका छन् । आजसम्म देशभर ६ हजार ३५४ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर २४ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १६० जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

प्रतिक्रिया